Main News

देशका विभिन्न अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ५ गते १३:१०
देशका विभिन्न अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु

५ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप दुई तथा सुनसरी र कैलालीमा थप एकएक जनाको मृत्यु भएको छ ।

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका– ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नम्बर १७ मोतिपुरका ८१ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । मृतक दुबै जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

यसैगरी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना संक्रमित महिलाको मृत्यु भएको छ । गडी–४ सुनसरीकी ५५ वर्षीया महिलाको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै धनगढी उपमहानगरपालिका२ का ६८ वर्षीय एक पुरुषको सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

संक्रमण पुष्टिपछि घरमै बसेका पुरुषको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको सेती प्रादेशिक अस्पतालको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *