उपत्यकामा १७०२ सहित ३०९३ कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु
४ कात्तिक, २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै आज कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ ।
जसमध्ये १३ हजार ५ सय ५९ जना संस्थागत आइसोलेसनमा रहेका छन भने २८ हजार १ सय ९६ जना होम आइसोलेसनमा रहेका छन् । हालसम्म कोभिड १९ संक्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कुल १ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २ हजार १ सय ८ रहेको छ । हालसम्म कुल ९६ हजार ६ सय ९ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको प्रवक्ता गौतमले बताउनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ७ सय ६५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कुल १३ हजार ८ सय ६१ पीसीआर परीक्षण भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । यससँगै हालसम्म कुल १३ लाख १४ हजार ७ सय ७९ पीसीआर परीक्षण भएको छ ।
आज देशभर २ सय ७३ जना संक्रमितको आइसीयुमा उपचार भइराखेको छ । यस्तै भेन्टिलेटरमा ७८ जना रहको छन् । देशभर ४ हजार २ सय २० जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रतिक्रिया