Political Hightlights
विवेकशील र साझा पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा
२०७७ कार्तिक ४ गते १४:४७

४ कात्तिक, २०७७ काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकताको प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ ।
एकता सम्बन्धी संयुक्त प्रतिवेदन आज दुवै पार्टीका अध्यक्षले संघीय र केन्द्रीय समिति बैठकमा पेश गरिएको छ ।
प्रतिवेदनमाथि दुवै पार्टीका केन्द्रीय र संघीय समितिमा छलफल गरेर अनमोदन गर्दै पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि एकताले अन्तिम रुप पाउनेछ ।
एकीकरणका लागि दुबै पार्टीले गठन गरेका राजनीतिक संवाद समितिले वार्ताका निष्कर्षसहित संयुक्त प्रतिवेदन गत असोज २९ गते पार्टीका संयोजकहरूलाई बुझाइसकेका छन्।
विगतमा भएका कमजोरीलाई स्वीकार्दै र जनभावनाको कदर गर्दै उनीहरूले गत असार ३१ गतेदेखि एकीकरण वार्ता थालेका थिए।
प्रतिक्रिया