Main News

झापामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १ गते ७:४६
झापामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

१ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट झापामा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिकाका एक र अर्का शिवसताक्षी नगरपालिकाका रहेका छन् । मृतक दुवै पुरुष हुन् ।

मृत्यु हुनेमा दमक नगरपालिका–५ का ५८ वर्षीय पुरुष रहेका छन् । उनको घरैमा मृत्यु भएको हो । बिहीबार स्वाब परीक्षणका लागि दिएकोमा उनको रिपोर्ट हिजो पोजिटिभ आएको थियो ।

रिपोर्ट आएकै दिन राति उनको मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिनुभयो । योसँगै दमकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *