Political Hightlights

प्रचण्ड र नेपालद्वारा पार्टी विवादबारे कर्णाली प्रदेश नेताहरुसँग छलफल

हिमालय टिभी
२०७७ असोज ३० गते ७:४८
प्रचण्ड र नेपालद्वारा पार्टी विवादबारे कर्णाली प्रदेश नेताहरुसँग छलफल

३० असोज, २०७७ काठमाडौं । नेकपाको कर्णाली प्रदेशमा उत्पन्न विवादका विषयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेशका आफूनिकट नेताहरूसँग परामर्श गर्नु भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेशका निकट नेतालाई खुमलटार बोलाएर प्रचण्ड र नेपालले संयुक्त रूपमा छलफल गर्नु भएको हो ।

प्रचण्ड र नेपालले बोलाएको छलफलमा ओलीनिकट नेताहरू भने सहभागी थिएनन् ।

छलफलमा प्रदेशका नेताहरूले मुख्यमन्त्रीमा कार्यशैलीगत समस्या रहे पनि विधि र पद्धति मिचेर अविश्वासको प्रस्ताव अगाडि बढाउँदा संकट उत्पन्न भएको बताएका छन् ।

उनीहरूले केन्द्रमा हुने सहमतिअनुसार प्रदेशको राजनीति अगाडि बढ्ने भएकाले संकट समाधानमा नेतृत्वको भूमिका महत्वपूर्ण हुने पनि बताएका छन् ।

छलफलमा प्रचण्डले केन्द्र र प्रदेश सरकारहरू पुनर्गठन गर्ने पार्टी स्थायी कमिटीको नीतिगत निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुने बताउनु भएको छ ।

छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, कर्णाली प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा, सांसद चन्द्रबहादुर शाहीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्