Political Hightlights

मन्त्रिपरिषद् पुनर्गठनप्रति नेकपा अध्यक्ष प्रचण्डको असन्तुष्टि

हिमालय टिभी
२०७७ असोज २८ गते १९:०३
मन्त्रिपरिषद् पुनर्गठनप्रति नेकपा अध्यक्ष प्रचण्डको असन्तुष्टि

२८ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको असन्तुष्टिकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पूनर्गठन गर्नुभएको छ ।

मन्त्री बनेका व्यक्तिमा असहमति नभए पनि प्रधानमन्त्रीले सहमतिबाट पुनर्गठन गर्न नमानेको र यसमा प्रचण्डको असहमति रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

सबैलाई राजीनामा गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्री ओलीले खालि रहेका मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्नुभएको हो ।

केही दिनयता ओली र प्रचण्डबीच दशैं अघि वा पछि मन्त्रिपरिषद पुनर्गठन, सबैलाई राजीनामा गराएर नयाँसहित पूनर्गठन की खालि मन्त्रालयमा नियुक्ति भन्ने विवाद थियो ।

प्रचण्डले सबैलाई राजीनामा गराएर राख्नैपर्ने पुरानालाई राख्ने प्रस्ताव गर्नुभएको थियो भने प्रधानमन्त्री ओलीले खालि रहेकोमा नियुक्त गरेर अरु हेरेफेर पछि गर्ने अडान राख्नुभएको थियो ।

यही रस्साकस्सी र अडानकाबीच प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । यसले गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टलाई हटाउने प्रचण्डको योजनामा धक्का पुगेको छ ।

मन्त्री बनेका व्यक्तिमा असहमति नभएपनि प्रधानमन्त्रीले सहमतिबाट पुनर्गठन गर्न नमानेको र यसमा प्रचण्डको असहमति रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्