Main News

उपत्यकामा १४०३ सहित नेपालमा थप २६३८ जना कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज २८ गते १६:३८
उपत्यकामा १४०३ सहित नेपालमा थप २६३८ जना कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

२८ असोज, २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) का थप २६ सय ३८ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११७९९६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ४७ पीसीआर परीक्षण भएकोमा २ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको हो । आज काठमाडौंमा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ जनामा संक्रमण देखिएको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय ८०, प्रदेश नम्बर २ मा ८ सय ३१, बागमती प्रदेशमा ९ हजार ५ सय ५६ र गण्डकी प्रदेशमा ६ सय ५५ जना रहेका छन् ।

लुम्बिनी प्रदेशमा १ हजार ३ सय ५२, कर्णाली प्रदेशमा ४ सय ९७ र सुदूरपश्चिम प्रदेशमा २ सय ४८ जना गरी देशभरी १४ हजार ८ सय १९ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।

होम आइसोलेसनमा , प्रदेश नम्बर १ मा २ हजार ७ सय ९५, प्रदेश नम्बर २ मा ५ सय ७२, बागमती प्रदेशमा १४ हजार १५ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन् । लुम्बिनी प्रदेशमा २ हजार ९७, कर्णाली प्रदेशमा ५ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ६ सय २९ गरी देशभरी २१ हजार ५ सय ४८ जना रहेका छन् ।


आज २ हजार १ सय ७४ जना संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ९ सय ९२, प्रदेश नम्बर २ मा १५ हजार १ सय ३३, बागमती प्रदेशमा ३२ हजार १ सय २७ र गण्डकी प्रदेशमा ४ हजार ३ सय ८० जना डिस्चार्ज भएका छन ।

लुम्बिनी प्रदेशमा ११ हजार १ सय ६, कर्णाली प्रदेशमा ३ हजार ५ सय ३६ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ६ सय ८० जना गरी देशभरी ८० हजार ९ सय ५३ जना डिस्चार्ज भएका छन । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ६ सय ७५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *