Main News
नवलपरासी पश्चिमका एक जना कोरोना संक्रमितको बुटवलमा मृत्यु
२०७७ असोज २८ गते ९:२१

२८ असोज, २०७७, नवलपरासी । नवलपरासी पश्चिमका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको हो ।
श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो ।
उपचारको क्रममा आज बिहान २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । मृतक मुटु रोगीसमेत रहेको डा. गौतमले बताउनुभयो ।
प्रतिक्रिया