Main News

देशका विभिन्न अस्पतालमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ असोज २६ गते १३:०२
देशका विभिन्न अस्पतालमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु

२६ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक थप पाँच जनाको मृत्यु भएको छ । धरानमा दुई तथा बुटवल, विराटनगर र भरतपुरमा थप एकएक जनाको मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीको धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।

यही असोज २३ गते संक्रमण पुष्टि भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै, धरान उपमहानगरपालिका–१५ मा होम आइसोलेशनमा ७० वर्षीय पुरुषको मृत्यु भएको छ । छोराको मृत्यु संस्कारमा बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए ।

त्यस्तै रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा देवदह नगरपालिका–१० का ७९ वर्षीय पुरुषको मृत्यु भएको छ । यही असोज १९ गते संक्रमण पुष्टि भएपछि उनी अर्को दिन अस्पताल भर्ना भएका थिए ।

मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा संक्रमित एक पुरुषको मृत्यु भएको छ। मृतक सुनसरी बराहक्षेत्र नगरपालिकाका ३७ वर्षीय पुरुष रहेको अस्पतालको भनाइ छ ।

केही वर्षदेखि दुबै मिर्गौलाको नियमित डाइलासिस गराउँदै आएका उनी धरानबाट थप उपचारका लागि गएराति नोबेल अस्पताल भर्ना भएका थिए ।

यस्तै भरतपुर अस्पताल चितवनमा एक बेवारिसे महिलाको मृत्यु भएको छ । यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनलाई आसोज १९ गते संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *