२५ असोज, २०७७ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ।
स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पाटन अस्पताल गएका पोखरेललाई परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्री पोखरेल अहिले पाटन अस्पतालको आइसोलेसनमा हुनुहुन्छ । उहाँलाई ज्वरो आएको छ ।
यसअघि गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।