Main News

कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, उपत्यकामा १४१६ सहित २०७१ संक्रमित थपिए

हिमालय टिभी
२०७७ असोज २५ गते १६:३९
कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, उपत्यकामा १४१६ सहित २०७१ संक्रमित थपिए

२५ असोज, २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट काठमाडौं उपत्यकामा ८ सहित देशभरी थप २२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १७ जना पुरुषको मृत्यु भएको हो ।

काठमाडौंमा ६६ वर्षीया महिला, ६० वर्षीय पुरुष, ७० वर्षीय पुरुष, ७५ वर्षीय पुरुष र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४९ वर्षीय पुरुष, भक्तपुरमा ४४ वर्षीय पुरुष र ५७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसैगरी चितवनमा एक ७५ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै एक उमेर नखुलेका पुरुष, ४७ वर्षीय पुरुष र ९८ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै सुनसरीमा ६२ वर्षीया महिला, ६५ वर्षीय पुरुष, धनकुटामा ६१ वर्षीया महिला, सर्लाहीमा ३८ वर्षीय पुरुष मकवनपुरमा ८५ वर्षीया महिला सिन्धुपाल्चोकमा ६३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै नुवाकोटमा ७७ वर्षीय पुरुष, रुपन्देहीमा ६० वर्षीय पुरुष, ६१ वर्षीय पुरुष र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

आज २ हजार ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १२ हजार ४ सय २७ पीसीआर परीक्षणमा ७ सय २ जना महिला र १ हजार ३ सय ६९ जना पुरुषमा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

उपत्यकामा १ हजार ४ सय १६ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा १ हजार १ सय ४५, भक्तपुरमा १ सय १० र ललितपुरमा १ सय ६१ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ९९, प्रदेश नम्बर २ मा ६ सय २०, बागमती प्रदेशमा ९ हजार ३ सय ८ र गण्डकी प्रदेशमा ६ सय २५ जना रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा १ हजार १ सय ६९, कर्णाली प्रदेशमा ४ सय ७५ र सुदूरपश्चिम प्रदेशमा १ सय ५३ गरी देशभर १३ हजार ६ सय ४९ जना संस्थागत आइसोलेसनमा रहेका छ ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार १ सय ८७, प्रदेश नम्बर २ मा ५ सय ३४, बागमती प्रदेशमा ११ हजार ५ सय २१ र गण्डकी प्रदेशमा ५ सय ८० जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ८ सय ४७, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा ५ सय ७१ जना गरी देशभरी १७ हजार ६ सय ६६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

आज क्वारेन्टिनमा ३ सय २९ र भेन्टिलेटरमा ७६ जना संक्रमित उपचाररत रहेका छन् ।
आज १ हजार ५ सय ५२ जना संक्रमित मुक्त भएर घर फर्किएका छन् ।

आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ६ सय १८, प्रदेश नम्बर २ मा १४ हजार ९ सय ८३, बागमती प्रदेशमा २८ हजार ३ सय ७ र गण्डकी प्रदेशमा ४ हजार १ सय १९ जना डिस्चार्ज भएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा १० हजार ७ सय २४, कर्णाली प्रदेशमा ३ हजार ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ५ सय ३२ गरी देशभरी ७५ हजार ८ सय ४ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *