Main News

देशका विभिन्न अस्पतालमा उपचाररत थप २१ जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ असोज २५ गते १३:११
देशका विभिन्न अस्पतालमा उपचाररत थप २१ जना कोरोना संक्रमितको मृत्यु

२५ असोज, २०७७ काठमाडौं । पछिल्लो पटक चितवनमा ६ जनासहित कोरोना संक्रमणबाट नेपालमा थप २१ जनाको मृत्यु भएको छ ।

चितवनमा ६, रुपन्देहीमा चार , सुनसरीमा ३ , मोरङ र बाँकेमा दुई–दुई तथा काठमाडौं, कैलाली, काभ्रेपलाञ्चोक र सुर्खेतमा एक–एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट चितवनमा एक वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२० का अध्यक्ष ६९ वर्षीय मणिलाल तामाङको निधन भएको छ ।

चितवनको भरतपुर अस्पतालमा भरतपुर १ का ४७ वर्षीय पुरुषको गएराति र चितवन मेडिकल कलेजमा भरतपुरकी ७५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ। हिजो नै चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक गरी तीन जना संक्रमितको मृत्यु भएको थियो।

यस्तै रुपन्देहीमा चार जनाको ज्यान गएको छ । बुटवल ११ की ६१ वर्षीया महिला र ७० वर्षीय पुरुषकोकोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यू भएको छ।

यस्तै बुटवल–११ का ८४ वर्षीय संक्रमित पुरुषको उपचारका लागि दाङ लैजाँदै गर्दा कपिलवस्तुको धानखोलामा मृत्यु भएको छ। बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर लैजान भनिएको थियो।

यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ६६ वर्षीया कोराना संक्रमित महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ।

मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा गएराति सुनसरीका ७१ वर्षीय पुरुष र ४० वर्षकी महिलाको मृत्यू भएको छ । यस्तै भेरी अस्पतालमा नेपालगञ्जमा नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोकका ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–८ का ७१ वर्षीया महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको छ ।

सुनसरीको दुहबीका ६५ वर्षीय पुरुष र धनकुटाकी ६१ वर्षीय महिलाको आज बिहान तथा सुनसरीको धरान–८ की ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिनुभएको छ ।

यसैगरी काभ्रेको धुलिखेल अस्पतालमा ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ। काठमाडौंको वसुन्धरास्थित विपी स्मृती अस्पतालमा ७२ वर्षका पुरुष कैलालीको धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका१० की ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *