Main News

देशका विभिन्न अस्पतालमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ असोज २४ गते १२:५५
देशका विभिन्न अस्पतालमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु

२४ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट बाँकेमा दुई तथा चितवन, रुपन्देही र ललितपुरमा एक एक जनाको मृत्यु भएको छ ।

बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ का १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका– ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

उता चितवनमा कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् ।

यस्तै रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो । असोज १९ गते प्रादेशिक अस्पताल पुगेका उनलाई सोही दिन कोरोना पुष्टि भएपछि कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो ।

यस्तै ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालको भेन्टिलेटरमा राखी उपचार गराइरहेका ललितपुरका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको मलपोखरीका ५० वर्षे पुरुषको उपचारको क्रममा शनिबार बिहान निधन भएको अल्का अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *