Main News

उपत्यकामा २०८५ सहित अहिलेसम्मकै धेरै ४३६४ जना कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज २२ गते १७:५०
उपत्यकामा २०८५ सहित अहिलेसम्मकै धेरै ४३६४ जना कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

२२ असोज, २०७७ काठमाडौं । आज काठमाडौं उपत्यकामा २ हजार ८५ सहित नेपालमा अहिलेसम्मकै धेरै ४ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार ८ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० जनामा कोरोना सक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १० हजार बढीमा संक्रमण देखिएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

आज देशभरी सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६७, प्रदेश नम्बर २ मा ५ सय १२, बागमती प्रदेशमा ७ हजार ८ सय ८४ र गण्डकी प्रदेशमा ४ सय ६१ जना रहेका छन् ।

लुम्बिनी प्रदेशमा १ हजार ९०, कर्णाली प्रदेशमा ४ सय ४५ र सुदूरपश्चिम प्रदेशमा २ सय ५८ जना गरी ११ हजार ७ सय १७ जना संस्थागत आइसोलसनमा रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ८ सय २७, प्रदेश नम्बर २ मा ४ सय ७५, बागमती प्रदेशमा ९ हजार ८ सय २८ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय ४७, कर्णाली प्रदेशमा ३ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ४ सय ७६ जना गरी देशभरी १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा रहेका छन् ।

आज आइसीयुमा २ सय ३५ र भेन्टिलेटरमा ४२ जना संक्रमित उपचाररत रहेका छन् । आज २ हजार ६ सय ७५ जना डिस्चार्ज भएर घर फर्किएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार २ सय २१, प्रदेश नम्बर २ मा १४ हजार ८ सय ९१ बागमती प्रदेशमा २५ हजार ३ सय ५ र गण्डकी प्रदेशमा ४ हजार १ जना डिस्चार्ज भएका छन् । लुम्बिनी प्रदेशमा १० हजार २ सय ३८, कर्णाली प्रदेशमा ३ हजार ३ सय २६, सुदूरपश्चिम प्रदेशमा ७ हजार ३ सय ६१ गरी देशभरी ७१ हजार ३ सय ४३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन ।

नेपालमा कोरोना भाइरस कोभिड १९ बाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षीया, ललितपुरमा ७३ वर्षीया, भक्तपुरमा ८२ वर्षीया र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै सुनसरीमा ३९ वर्षीय, धनुषामा ७० वर्षीय, काठमाडौंमा ५८ वर्षीय, ९१ वर्षीय र कस्कीमा ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै चितवनमा ८१ वर्षीय, ८१ वर्षीय र ९२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *