Main News

जाजरकोट जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, एक जना बेपत्ता

हिमालय टिभी
२०७७ असोज २१ गते १८:४३
जाजरकोट जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, एक जना बेपत्ता

२१ असोज, २०७७ काठमाडौं । जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ को औलभीर लोड्नीमा जीप दुर्घटना हुँदा ११ का वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ ।

सदरमुकाम खलङ्गाबाट जुनिचाँदे गाउँपालिका जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप सडकबाट मजकोट खोलामा खस्दा जुनिचाँदे गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष अमरबहादुर शाहीसहित ६ जनाको मृत्यु भएको छ ।

जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठका अनुसार दुर्घटनामा कृतिबहादुर शाही, खिमाराम शाही, नरबहादुर बुढा र मालिका बस्नेतको पनि मृत्यु भएको छ । एक जनाको पहिचान खुल्न भने बाँकी रहेको श्रेष्ठले बताउनुभयो ।

एक जना मजकोट खोलामा बेपत्ता भएका छन् । घटनामा नरबहादुर बुढा गम्भीर घाइते भएको र थप उपचारका लागि जाजरकोट ल्याइएको छ।

औलभीरबाट खसेको जीप करीव दुई सय मिटर तल रहेको मजकोट खोलामा डुबेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *