Main News

उपत्यकामा १६८४ सहित अहिलेसम्मकै धेरै ३४३९ कोरोना संक्रमित थपिए, थप १५ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज २१ गते १६:३९
उपत्यकामा १६८४ सहित अहिलेसम्मकै धेरै ३४३९ कोरोना संक्रमित थपिए, थप १५ जनाको मृत्यु

२१ असोज, २०७७ काठमाडौं । आज ३ हजार ४ सय ३९ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ । संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ र होम आइसोलेसनमा १४ हजार ४ सय ११ जना संक्रमित उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

यसअघि मन्त्रालयले २५ हजार संक्रमित पुगेमा लक डाउन गर्न सकिने गरी निर्णय गर्न सिफारिस गरेको थियो । प्रवक्ता डा. गौतमका अनुसार आज प्रदेश नम्बर १ मा ५ सय ४६, प्रदेश नम्बर २ मा ३ सय ३३, बागमती प्रदेशमा ७ हजार ९ सय ८ र गण्डकी प्रदेशमा ४ सय ४१ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन ।

यस्तै लुम्बिनी प्रदेशमा ८ सय ४२, कर्णाली प्रदेशमा ३ सय ५२ र सुदूरपश्चिम प्रदेशमा १ सय ७४ जना संक्रमित रहेका छन् । यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ८ सय ४७, प्रदेश नम्बर २ मा ५ सय ३०, बागमती प्रदेशमा ९ हजार १ सय ७२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय ७४, कर्णाली प्रदेशमा ३ सय १५ र सुदूरपश्चिम प्रदेशमा ५ सय ८ जना रहेका छन । आज आइसियुमा २ सय ३३ र भेन्टिलेटरमा ३७ जना संक्रमित उपचाररत रहेका छन् ।

आज देशभरी ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । १४ हजार २ सय ९ पीसीआर परीक्षण भएकोमा १२ सय ६१ महिला र २१ सय ७८ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै १६ सय ९४ जनामा संक्रमण देखिएको छ ।

काठमाडौंमा १ हजार २ सय ९६, ललितपुरमा २ सय ९२ र भक्तपुरमा ९५ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

आज ११ सय २६ संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार १ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ८ सय ५१, बागमती प्रदेशमा २३ हजार १ सय ६ र गण्डकी प्रदेशमा ३ हजार ९ सय २५ जना डिस्चार्ज भएका छन ।

यस्तै लुम्बिनी प्रदेशमा १० हजार ४२, कर्णाली प्रदेशमा ३ हजार ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय ९७ जना गरी देशरी ६८ हजार ६ सय ६८ जना संक्रमित निको भएर घर फर्किएका छन ।
त्यसैगरी नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । ५ महिला र १० पुरुष गरी आज १५ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार उपत्यकामा दुई महिलासहित ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा ६६ र ७२ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै ४५ वर्षीय पुरुष, ५३ वर्षीय पुरुष, ६४ वर्षीय पुरुष र ६९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै ललितपुरमा ४६ वर्षीय, मोरङमा ४० र ६० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी चितवनमा ४६ वर्षीय, रुपन्देहीमा ५५ वर्षीय र नवलपरासीमा ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । सिराहामा ५० वर्षीया महिला रोतहटमा ७२ र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *