Main News
कोराना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु
२०७७ असोज २१ गते ७:४४

२१ असोज, २०७७ चितवन । कोरोना भाइरस संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु भएको छ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्यापछि अस्पताल भर्ना भएका उनको रिपोर्ट पोजिटिभ आएको थियो । उनको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै हिजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ।
यही असोज १८ गते पीसीआरका लागि स्वाब दिएर घरमै बसिरहेका उनी हिजै साँझ अस्पताल पुगेका थिए। श्वासप्रश्वासको समस्या देखिएका उनको केही घण्टापछि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। मृत्यु पछि कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो।
प्रतिक्रिया