Main News

उपत्यकामा १६३८ सहित २७२२ जना कोरोना संक्रमित थपिए, थप ११ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज १६ गते १६:३६
उपत्यकामा १६३८ सहित २७२२ जना कोरोना संक्रमित थपिए, थप ११ जनाको मृत्यु

१६ असोज, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमण झन तिब्र भएको छ । काठमाडौं उपत्यका संक्रमणको केन्द्र बनेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज एकैदिन अहिलेसम्मकै धेरै २७ सय २२ संक्रमित थपिएका छन् । तिमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका छन् ।

काठमाडौंका तीन जिल्लामा १६ सय ३८ संक्रमित थपिएका छन् । यो पनि एकैदिन थपिएको अहिलेसम्मकै उच्च संख्या हो । काठमाडौं जिल्लामा मात्रै १२ सय ८० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ संक्रमित थपिएका छन् । उपत्यकावाहिर मोरङमा १ सय ५०, सुर्खेतमा १ सय २२, रुपन्देहीमा ९२ तथा चितवनमा ८३ नयाँ संक्रमित भेटिएका छन् ।

यस्तै बाँकेमा ७० र मकवानपुरमा ५५ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ । संक्रमितका आधारमा नेपाल विश्वको ४६ औं स्थानमा उक्लिएको छ ।

पछिल्लो पटक संक्रमणमुक्त हुनेको संख्या पनि अहिलेसम्मकै धेरै छ । थप ३ हजार ३ सय ७ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ । निको हुनेको संख्या धेरै भएकाले संक्रिय संक्रमित केहि घटेका छन् ।

मन्त्रालयका अनुसार अब २१ हजार २ सय २४ सक्रिय संक्रमित छन् । सरकारले पीसीआर परीक्षण बढाएको छ ।

त्यसैले नयाँ संक्रमितको संख्या पनि बढेको छ । गत २४ घण्टामा १४ हजार ७ सय ३९ नमूनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृतकको संख्या ५ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक काठमाडौं उपत्यकामा पाँच, बाँकेमा २ तथा मोरङ, सुर्खेत, मकवानपुर र सुर्खेतमा एक एक जनाको संक्रमणबाट ज्यान गएको छ ।

भक्तपुरकी ५१ र ६१ वर्षीया, काठमाडौंकी ६७ वर्षीया महिला तथा ललितपुरका ३२ र ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै बाँकेका ६० र ५२ वर्षीय, मोरङका २७ वर्षीय, रुपन्देहीका ६० वर्षीय, मकवानपुरका ७८ वर्षीय पुरुष तथा सुर्खेतका ७५ वर्षीया महिलाको पनि संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *