Main News

कोरोना परीक्षण शुल्क बढी लिने ल्याबको अनुमति खारेज गर्ने सरकारको तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १४ गते १६:५०
कोरोना परीक्षण शुल्क बढी लिने ल्याबको अनुमति खारेज गर्ने सरकारको तयारी (भिडियोसहित)

१४ असोज, २०७७ काठमाडौं । सरकारले २४ घन्टाभित्र शुल्क नघटाउने निजी प्रयोगशालाको कोरोना परीक्षण अनुमति रद्द गर्ने चेतावनी दिएको छ ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कोरोना परीक्षणका लागि सरकारले तोकेको दुई हजार रुपैयाँ मात्र लिन निजी प्रयोगशलालाई आग्रह गर्नुभयो ।

उहाँले शुल्क नघटाउने र २ हजार रुपैयाँभन्दा बढी शुल्क लिने प्रयोगशालाको अनुमति रद्द गर्ने चेतावनी उहाँले दिनुभयो ।

सरकारले कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाले प्रतिपरीक्षण दुई हजार रुपैयाँ मात्र शुल्क लिन पाउने निर्णय गरेको छ । तर निजी प्रयोगशालाले २ हजारमा कोरोना परीक्षण गर्न नसक्ने भन्दै दोब्बरतेब्बर बढी शुल्क लिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *