Main News

उपत्यकामा ९०२ सहित १५५९ जना कोरोना संक्रमित थपिए, थप सात जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज १४ गते १६:३३
उपत्यकामा ९०२ सहित १५५९ जना कोरोना संक्रमित थपिए, थप सात जनाको मृत्यु

१४ असोज, २०७७ काठमाडौं । नेपालमा पछिल्लो पटक १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा धेरै छन् । उपत्यकाका तीन जिल्लामा मात्रै थप ९ सय २ जनामा संक्रमण पुष्टि भएको छ । ति मध्ये सबैभन्दा धेरै काठमाडौंमा ६ सय ९७ छन् ।

ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ संक्रमित थपिएका छन् । उपत्यकाबाहिर मोरङमा ९८, रुपन्देहीमा ७०, नवलपरासीमा ४५ तथा सुर्खेतमा ४१ नयाँ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।
पछिल्लो पटक मृत्युदर केही घटेको छ । थप पाँच पुरुष र २ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तिमध्ये तीनजना काठमाडौंका छन् ।

काठमाडौंकी ३४ र ८६ वर्षीया महिला तथा ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै सुनसरी र मोरङका ६० वर्षीय, सप्तरीका ३९ वर्षीय र काठमाडौंका ८२ वर्षीय पुरुषको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

पछिल्लो पटक थप १०५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।

गत २४ घण्टामा १२ हजार २ सय ५ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *