Main News
कर्मचारीमा कोरोना पुष्टि भएपछि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द
२०७७ असोज १४ गते १३:५३

१४ असोज, २०७७ काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिइने श्रम स्वीकृति बन्द भएको छ ।
कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयो ।
एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको तथा अन्य कर्मचारीमा पनि लक्षण देखिएको उहाँले बताउनुभयो । कार्यालय खुले पनि सबै प्रकारका सेवा बन्द गरिएको छ ।
निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।
प्रतिक्रिया