Main News

उपत्यकामा ९३४ सहित १५१३ जना कोरोना संक्रमित थपिए, थप १० जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज १३ गते १६:३५
उपत्यकामा ९३४ सहित १५१३ जना कोरोना संक्रमित थपिए, थप १० जनाको मृत्यु

१३ असोज, २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट आज थप १० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका काठमाडौंका एक महिलासहित ३ र बाँकेमा एक महिलासहित ३ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५७ वर्षीया महिला, ६० र ७० वर्षीय पुरुष रहेका छन् भने बाँकेमा ७६ वर्षीया बृद्धा, ५३ र ३९ वर्षीय पुरुष रहेका छन् । यस्तै मोरङमा ६८ वर्षीय पुरुष, सर्लाहीमा ७२ वर्षीया महिला, महोत्तरीमा ५८ वर्षीय पुरुष र चितवनमा ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

आज १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ८ सय ९१ पीसीआर परीक्षण भएको मा ५ सय ५६ महिला र ९ सय ९७ जना पुरुषमा संक्रमण देखिएको छ । उपत्यकामा आज ९ सय ३४ जनामा संक्रमण देखिएको छ ।

काठमाडौंमा ४ सय ४७, भक्तपुरमा ७३ र ललितपुरमा १ सय १४ जनामा संक्रमण देखिएको छ । देशभरी सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा आज प्रदेश नम्बर १ मा ३ सय ५७, प्रदेश नम्बर २ मा ६ सय ९८, बागमती प्रदेशमा ६ हजार ५ सय ३२ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ८ सय १४, कर्णाली प्रदेशमा ३ सय ५३ र सुदूरपश्चिम प्रदेशमा ८ सय ८९ गरी देशभरी ९ हजार ६ सय ८९ जना रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ७१, प्रदेश नम्बर २ मा ६ सय २२, बागमती प्रदेशमा ६ हजार ४ सय ४७ र गण्डकी प्रदेशमा ४ सय ८९ जना संक्रमित रहेका छन् ।

यस्तै प्रदोश नम्बर ५ मा १ हजार ३ सय ९०, कर्णाली प्रदेशमा २ सय ४२ र सुदूरपश्चिम प्रदेशमा १ सय ४६ गरी देशभरी १० हजार ७ सय ७ जना संक्रमण होम आइसोलेसनमा रहेका छन् ।

आज ७ सय ३१ जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ७०, प्रदेश नम्बर २ मा १३ हजार ५ सय ६३, बागमती प्रदेशमा १५ हजार ३ सय ११ र कर्णाली प्रदेशमा ३ हजार २ सय ९३ जना डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ५ सय ७१ कर्णाली प्रदेशमा २ हजार ८ सय ६५ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सुय ८९ जना गरी ५५ हजर ३ सय ७१ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *