बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड वा लिंग छेदनको व्यवस्था गर्न महिला सांसदहरुको माग
१२ असोज, २०७७ काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
विभिन्न राजनीतिक दलबाट नेतृत्व गर्ने महिला सांसदहरुको भेलामा सहभागीहरुले संविधान संशोधन गरेर कानून बनाउने र अन्तर्राष्ट्रिय सन्धीसमेत संशोधन गरी मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
हामीले संविधान संशोधन गर्नुपर्छ । अन्तर्राष्ट्रिय सन्धि सम्झौता त परिमार्जन गर्न सकिन्छ । संसदमा भन्दा पनि भएन । मृत्युदण्डका लागि संविधान कानून संशोधन र अन्तर्राष्ट्रिय सन्धीहरु परिमार्जन गरेर त्यसमा पुनरावलोकन गर्ने आवश्यकता देखिएको छ । त्यसले दबाब सिर्जना गर्छ र मनोवैज्ञानिक असर पार्नका लागि सन्देश जान्छ ।
नेपाली कांग्रेस प्रतिनिधिसभा सचेतक पुष्पा भुसालले १६ वर्षभन्दा मुनिका बालिका बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गरी अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले संविधान संशोधन गर्नुपर्छ । अन्तर्राष्ट्रिय सन्धि सम्झौता त परिमार्जन गर्न सकिन्छ । संसदमा भन्दा पनि भएन । मृत्युदण्डका लागि संविधान कानून संशोधन र अन्तर्राष्ट्रिय सन्धीहरु परिमार्जन गरेर त्यसमा पुनरावलोकन गर्ने आवश्यकता देखिएको छ । त्यसले दबाब सिर्जना गर्छ र मनोवैज्ञानिक असर पार्नका लागि सन्देश जान्छ ।’’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रतिनिधिसभा सचेतक शान्ता चौधरीले विश्वका विभिन्न देशमा त्यस्ता घटनाहरुमा मृत्युदण्ड दिने गरेका समाचार अइरहेका बेला नेपालको सन्दर्भमा के गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘आपराधिक मानसिकता बोकेकाहरुलाई झड्का लाग्नेगरी मृत्युदण्डको कानून हुन्छ वा लिंग छेदन गर्ने हुन्छ के गर्न सकिन्छ गरौ । मृत्युदण्ड कत्तिको सहज छ ? यो विषयमा हामीले भन्दा पनि कानूनको विषयमा तपाईं जानकार हुनुहुन्छ । अपराधिक मानसिकता बोकेकाहरूलाई एकखालको झट्का लाग्नेगरी मृत्युदण्डको कानून हुन्छ कि लिंग छेदन गर्ने हुन्छ कि के गर्न सकिन्छ । उनीहरूले मान्छे मार्छन् भने उनीहरूका लागि राम्रो कानून बनाइराख्नु पर्दैन । संसद भएको भए के के गर्ने हो त्यहीँ गरिन्थ्यो । तर नभएको बेलामा संसदीय समितिमा छलफल गरौं र हामीहरू छलफल गरौं ।’’
जनता समाजवादी पार्टी (जसपा) सांसद प्रमिला यादवले यस्ता घटनाहरु अन्त्य गर्न अन्तर्राष्ट्रिय सन्धी अध्ययन गरेर कडा कारवाहीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले १६ वर्षमुकिालाई बलात्कार गरिएको घटनामा मृत्युदण्डको सजाय दिने कानून बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘१६ वर्षमुनिकालाई बलात्कार गरिएको छ भने मृत्युदण्डको कानून बनाउनुपर्छ । आजीवन काराबासको व्यवस्था गर्नुपर्छ । हाम्रो पार्टीले यसमा सहयोग गर्छ ।’’
आपराधिक मानसिकता बोकेकाहरुलाई झड्का लाग्नेगरी मृत्युदण्डको कानून हुन्छ वा लिंग छेदन गर्ने हुन्छ के गर्न सकिन्छ गरौ । मृत्युदण्ड कत्तिको सहज छ ? यो विषयमा हामीले भन्दा पनि कानूनको विषयमा तपाईं जानकार हुनुहुन्छ । अपराधिक मानसिकता बोकेकाहरूलाई एकखालको झट्का लाग्नेगरी मृत्युदण्डको कानून हुन्छ कि लिंग छेदन गर्ने हुन्छ कि के गर्न सकिन्छ । उनीहरूले मान्छे मार्छन् भने उनीहरूका लागि राम्रो कानून बनाइराख्नु पर्दैन । संसद भएको भए के के गर्ने हो त्यहीँ गरिन्थ्यो । तर नभएको बेलामा संसदीय समितिमा छलफल गरौं र हामीहरू छलफल गरौं ।
महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले नाबालकलाई बलात्कार गरेर हत्या गर्नेलाई फाँसीको सजाय हुनुपर्ने विषयमा समितिले विगत एक वर्षबाटै अनौपचारिक छलफल सुरु गरेको बताउनुभयो । संसदको सबै महिला सांसदहरु एक ठाउँमा भएर समितिको तर्फबाट यसका लागि सरकारलाई निर्देशन दिँदा अझ दबाब बढ्ने भएकाले कम्तिमा पनि एसिड आक्रमणसम्बन्धी कानुन जस्तै कडा कानून बनाउनुपर्ने बताउनुभयो ।
सांसदहरु शान्तिमाया पाख्रिन, बिमला राई पौड्याल, कोमल वली, उदया शर्मा पौडेल, लक्ष्मी चौधरी, आशा विक, लक्ष्मी विक, विमला विक, अमृता थापा लगायतले पनि कडा कानूनी व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।
बालिका तथा महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्धका कानूनी प्रावधानमा कडाइ पार्नका लागि अध्ययन तथा सुझाव दिनका लागि कार्यदल गठन गरिएको छ । नेकपा सांसद बिन्दा पण्डेको संयोजकत्वमा महिला सांसदहरूको ९ सदस्यीय समिति गठन भएको हो ।
समितिमा सांसदहरू शान्ता चौधरी, पुष्पा भुसाल, निरुदेवी पाल, अमृता थापा, पार्वती थापा रावल, प्रमिलाकुमारी यादव, अनिता देवकोटा र लक्ष्मी परियार रहेका छन् । समितिले बलात्कार गर्नेmलाई मृत्युदण्ड दिनका लागि कानूनी व्यवस्था गर्न तथा संविधान संशोधनका लागि पहले गर्ने संयोजक पाण्डले बताउनुभयो ।
प्रतिक्रिया