Main News

बाँके र मोरङमा उपचाररत कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज ११ गते १२:५९
बाँके र मोरङमा उपचाररत कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

११ असोज, २०७७, काठमाडौं । बाँके र मोरङमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका९ का ४७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

फोक्सोमा समस्या भएका उनको आज बिहान ५ बजे मृत्यु भएको हो । भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएका उनको प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

त्यसैगरी मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा झापाका एक पुरुषको मृत्यु भएको छ ।

झापाको कनकाईका ४७ वर्षीय पुरुषको कोभिड अस्पतालमा हिजो राति पौने एघार बजे मृत्यु भएको हो । अस्पताल ल्याएको केहीबेरमै उनको मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो।

बस्नेतका अनुसार भदौ ८ गते कोरोना पुष्टि भएपछि पुरुषलाई झापाकै मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । शरीर कमजोर हुने, ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

झापामा उपचाररत रहँदा अवस्था थप गम्भीर बन्दै गएपछि शनिबार राति थप उपचारका लागि विराटनगर ल्याइएको थियो । उपचारका लागि ल्याउन ढिला भएका कारण संक्रमित पुरुषलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *