Main News

उपत्यकामा ७२४ सहित १२०७ जना नयाँ कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज १० गते १६:३३
उपत्यकामा ७२४ सहित १२०७ जना नयाँ कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु

१० असोज, २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा चारसहित आज ८ जनाको पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा २० र ७४ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी सप्तरीमा ६३, मकवानुरमा ७४, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा थप १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार १९ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ११ र पुरुष ७ सय ९६ जनामा संक्रमण देखिएको हो ।

आज काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ । नेपालमा कुल संक्रमितको संख्या आजसम्म ७१ हजार ८ सय २१ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय ४७, प्रदेश नम्बर २ मा ८ सय ७९, बागमती प्रदेशमा ४ हजार ९ सय ९९ र गण्डकी प्रदेशमा ५ सय ८६ जना रहेका छन् ।

प्रदेश नम्बर ५ मा ४ सय ५४, कर्णाली प्रदेशमा २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ५ सय २ गरी देशभर ७ हजार ८ सय ३३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ४ सय ७०, प्रदेश नम्बर २ मा ७ सय ४२, बागमती प्रदेशमा ५ हजार ८ सय ८० र गण्डकी प्रदेशमा ३ सय ६० जना रहेका छन् ।

प्रदेश नम्बर ५ मा १ जहार ६ सय ७८, कर्णाली प्रदेशमा २ सय २४ र सुदूरपश्चिम प्रदेशमा १ सय ५४ जना गरी देशभरी १० हजार ५ सय ८ जना होम आइसोलेसनमा रहेका छन् । २ सय २४ जना आइसियु र २७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

आज १ हजार १ सय ४७ जना संक्रति डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ७ सय ९३, प्रदेश नम्बर २ मा १३ हजार ११, बागमती प्रदेशमा १४ हजार ५ सय ८१ र गण्डकी प्रदेशमा ३ हजार ९३ जना डिस्चार्ज भएका छन् ।

प्रदेश नम्बर ५ मा ८ हजार २ सय ३६, कर्णाली प्रदेशमा २ हजार ८ सय ४० र सुदूरपश्चिम प्रदेशमा ६ हजार ४ सय ५९ गरी ५३ हजार १३ जना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *