Main News
कोरोना संक्रमणबाट थप एक जना सैनिक जवानको मृत्यु
२०७७ असोज १० गते १३:४१

१० असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट एक सैनिक जवानको मृत्यु भएको छ ।
बझाङ घर भई काठमाडौं उपत्यकामा कार्यरत सैनिक जवानको हिजो वीरेन्द्र अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई छारे रोगको लक्षण देखिएपछि आइसीयुमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । त्यसअघि नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमणबाट अहिलेसम्म २ जना सैनिकको ज्यान गएको निर्देशनालयले जनाएको छ ।
आजसम्म नेपाली सेनामा २ हजार १ सय ९७ जना संक्रमित भएका छन् । ति मध्ये ५ सय ३९ संक्रमणमुक्त भएको निर्देशनालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया