Main News

कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज १० गते १३:०१
कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

१० असोज, २०७७, चितवन । चितवनमा एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा हेटौंडाका संक्रमितको मृत्यु भएको हो।

हेटौंडा उपमहानगरपालिका–९ निवासी ७४ वर्षीय पुरुषको आज मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनु भएको छ ।

यही असोज ३ गते अस्पताल भर्ना भएका उनमा ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई सघन उनकक्षमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *