बन्दुकभन्दा संसारलाई अझै बढी मास्क चाहिएको छः प्रम ओली

१० असोज, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेलाई बन्दुक भन्दा संसारलाई अझै बढी मास्क चाहिएको बताउनु भएको छ।
हिजो साँझ संयुक्त राष्ट्र संघको ७५ औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसारलाई बन्दुक र विध्वंसक हतियारहरूभन्दा जीवन रक्षाका लागि सामाजिक क्षेत्रमा लगानी चाहिएको बताउनुभयो ।
अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा जारी महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नु भएको हो । कोरोना भाइरसको विश्वव्यापी महामारीले यस वर्ष सदस्य देशका प्रतिनिधिमण्डलले भर्चुअल माध्यमबाटै महासभामा सहभागिता जनाइरहेका छन्।
विश्व व्यवस्थामा देखापरेको अनिश्चितताको पृष्ठभूमिमा कोरोना संकट आउनु चिन्ताजनक विषय भएको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले नेपाल सधैँ आतंकवाद, संगठित अपराध, गैरकानूनी वित्तीय प्रभाव, मानव तथा लागूऔषध ओसारपसार विरुद्ध विश्वसँगै उभिएको बताउनुभयो ।
प्रतिक्रिया