कोरोना संक्रमणबाट बाँके र पर्सामा थप एकएक जनाको मृत्यु

९ असोज, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बाँके र पर्सामा थप एक(एक जनाको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर( ३ एकलैनी निवासी ५२ वर्षीय पुरुषको आज बिहान दुई बजेर २५ मिनेटमा मृत्यु भएको हो ।
उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
मृतकको फोक्सोमा समस्या भएको र उच्च रक्तचापको समेत बिरामी रहेका थिए । उनी भदौ ६ गते राति ११ बजे अस्पतालमा भर्ना भएका थिए। योसँगै बाँकेमा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ।
यसैगरी, पर्साको वीरगञ्जमा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका–१ का ७७ वर्षीय पुरुषको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा गएराति साढे ८ बजे मृत्यु भएको हो ।
मुटु र मिर्गौलाको समस्याबाट पीडित ती पुरुषलाई असोज ७ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
नारायणीमा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिनुभयो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ४५ पुगेको छ ।
प्रतिक्रिया