Main News

कोरोना संक्रमणबाट थप मृत्यु हुनेको संख्या पाँच पुग्यो

हिमालय टिभी
२०७७ असोज ८ गते १४:२२
कोरोना संक्रमणबाट थप मृत्यु हुनेको संख्या पाँच पुग्यो

८ असोज, २०७७, काठमाडौं । कोरोना संक्रमणबाट बुटवलमा थप दुई तथा चितवन, सप्तरी र डडेल्धुरामा एकएक जनाको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा नवलपरासी पश्चिम र कपिलवस्तुका एक(एक जना संक्रमितको मृत्यु भएको हो । मृतक दुबैको एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नम्वर ३ का ४९ वर्षीय र कपिलवस्तुको बुद्धभूमिका ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ। तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। मिर्गौलाका विरामी उनलाई डायलासिस गराउन आउँदा गत भदौ ३१ गते संक्रमण पुष्टि भएको थियो।

सप्तरीमा कोरोना संक्रमित एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । कोरोना संक्रमणपछि एक साता यता होम आइसोलेसनमा रहेका ५५ वर्षीय पुरुषको आज मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालयमा कार्यरत उनले प्रमुख जिल्ला अधिकारीको निवासमा सहयोगीको काम गर्दै आएका थिए ।

उता डडेल्धुरामा कोरोना संक्रमणबाट पहिलो पटक मृत्यु भएको छ। नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुई दिनअघि मात्र भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *