८ असोज, २०७७, चितवन । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा एक संक्रमितको मृत्यु भएको छ।
तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।
डायलासिस गराउन यही भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
कोरोना संक्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो।