Main News

पृथ्वी राजमार्गमा पहिरोमा गाडी पुरियो, सडक अवरुद्ध

हिमालय टिभी
२०७७ असोज ७ गते १३:३२
पृथ्वी राजमार्गमा पहिरोमा गाडी पुरियो, सडक अवरुद्ध

७ असोज, २०७७ चितवन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा पहिरोले गाडी पुरिएपछि सडक अवरूद्ध भएको छ ।

धादिङको गजुरी वडा नम्बर-५ गलौदीमा पहिरोका कारण २ वटा गाडीको दायाँपट्टीको भाग पुरिएपछि सडकखण्ड अवरूद्ध भएको हो ।

काठमाडौंबाट धनगढीका लागि छुटेको ना ६ ख ६४०८ नम्बरको कन्टेनरको एउटा भाग पुरिएको छ । यस्तै काठमाडौंतर्फ आउँदै गरेको भारतीय कन्टेनर पनि पहिरोले च्यापिएपछि सडक अवरूद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

उता लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बाग्लुङ सडकखण्डसमेत अवरुद्ध भएको छ ।

पर्वतको कुश्मा नगरपालिका वडा १ सहस्रधारामा पहिरो झरेका कारण गएरातिदेखि नै सडक अवरुद्ध भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *