Main News

कोरोना संक्रमणबाट विभिन्न अस्पतालमा उपचाररत थप पाँच जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज ७ गते १३:१७
कोरोना संक्रमणबाट विभिन्न अस्पतालमा उपचाररत थप पाँच जनाको मृत्यु

७ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट ललितपुर र बाँकेमा २–२ जना तथा मोरङमा एकसहित थप पाँच जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलका ८० वर्षीय पुरुषको उपचारका क्रममा मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। मृतक हिजो मात्र अस्पताल भर्ना भएका थिए।

यस्तै ललितपुरकै अल्का अस्पतालमा आज बिहान पाटनका ७४ वर्षका एक पुरुष संक्रमितको मृत्यु भएको छ।

त्यस्तै बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बर्दियाका ६४ वर्षीय एक पुरुषको हिजो मृत्यु भएको छ। स्वाथ्यमा समस्या आएपछि गत आइतबार अस्पतालमा भर्ना भएका उनमा सोमबार कोरोना पुष्टि भएको थियो।

भेरी अस्पताल बाँकेमा पनि एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका(३ स्थायी ठेगाना भएका ३९ वर्षका पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। मृतकमा यही आइतबार कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

उता झापा भद्रपुरका ८६ वर्षीय वृद्धको मोरङस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । आइसोलेनमा उपचाररत उनको बिहान मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिनुभयो ।

मृतकलाई यही भदौ ३ गते आईसीयूमा भर्ना गरिएको थियो । त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *