Main News

आजदेखि लामो दूरीमा साझा यातायात सञ्चालनमा आउँदै, भाडा दोब्बर

हिमालय टिभी
२०७७ असोज ७ गते ७:४२
आजदेखि लामो दूरीमा साझा यातायात सञ्चालनमा आउँदै, भाडा दोब्बर

७ असोज, २०७७ काठमाडौं । आजदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालनमा ल्याउने भएको छ ।

दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

आजदेखि बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउन लागेको पाण्डेले जानकारी दिनुभयो । गाडीमा अनिवार्य सामाजिक दुरी र स्वास्थ्य सावधानी अपनाउनु पर्नेछ ।

आज साँझ ७ बजे बाग्लुङ जाने र सवा ७ बजे सुनौली जाने गाडी नयाँ बसपार्कबाट छुट्ने छ ।

यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सक्ने छन्। गाडीको भाडा भने नेपाल सरकारले तोकेअनुसार ५० प्रतिशत बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *