निर्वाचन प्रणालीकै कारण भ्रष्टाचार बढेकाले सुधार गर्न संसदीय समितिको सुझाव (भिडियोसहित)

६ असोज, २०७७ काठमाडौं । नेपाल कानून समाज निर्वाचन प्रणाली नै भ्रष्टाचारको मूलकारण भन्दै त्यसमा सुधार गर्न संसदीय समितिलाई सुझाव दिएको छ ।
समाजले अहिलेको निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार नभएसम्म भ्रष्टाचार निवारण हुन नसक्ने ठहर गर्दै संसदको विधायन समितिमा सुझाव पेश गरेको हो ।
चुनावमा खर्च गर्न नपाउने, उम्मेदवार बन्दा दलले रकम असुल्ने प्रचलन अन्त्य हुनुपर्ने, दलगत आर्थिक सहयोगको व्यवस्था गर्ने र सबै कारोबार बैंकमार्फत मात्र हुने व्यवस्था गर्न समितिको सुझाव छ ।
राजनीतिक र प्रशासनिक संरक्षणबाटै भ्रष्टाचार मौलाएको भन्दै कानून समाजले संरक्षण गर्नेहरुलाई कारवाहीको व्यवस्था गर्न पनि सुझाव दिएको छ।
कानूनी दण्डले मात्रै भ्रष्टाचार नियन्त्रण हुन नसक्ने भएकाले सामाजिक बहिस्कार जस्ता अभियान समेत सञ्चालन गर्न आवश्यक रहेको समाजको सुझाव छ ।
संवैधानिक नियुक्ति गर्दा कम्तिमा दुई वर्ष कुलिङ अवधि राखेर मात्रै गर्न, पदमा बहाल हुँदा र पदबाट हटेपछि तत्काल सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गर्न र अमिल्दो सम्पत्ति देखिएमा भ्रष्टाचारमा कारवाही चलाउन पाउने कानून बनाउन पनि समाजले भनेको छ ।
प्रतिक्रिया