Political Hightlights

नेकपा अध्यक्ष प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल

हिमालय टिभी
२०७७ असोज ५ गते १८:५५
नेकपा अध्यक्ष प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल

५ असोज, २०७७ काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल भएको छ ।

सचिवालय बैठक स्थगित गरेर दुई अध्यक्षले छलफल गरेका हुन । नयाँ मन्त्री कसलाई बनाउने र भएका कसलाई हटाउने भन्नेबारे ओली र प्रचण्डबीच प्रधानमन्त्री निवासमा बालुवाटारमा दुई घण्टा छलफल भएको छ ।

आइतबारका सचिवालय बैठकले सरकार पुनर्गठन गर्दा नाम चयन गर्ने अधिकार ओली र प्रचण्डलाई दिएको थियो । छलफल भएपनि अन्तिम टुंगो भने लागिसकेको छैन ।

यसबारे भोलि बालुवाटारमा बस्ने सचिवालय बैठकमा थप छलफल हुनेछ । त्यसअघि पनि दुई अध्यक्षबीच छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्