Main News

बामदेव गौतमको नियुक्ति संविधानविपरीत भन्दै सर्वोच्च अदालतमा रिट दायर

हिमालय टिभी
२०७७ असोज ५ गते १६:४८
बामदेव गौतमको नियुक्ति संविधानविपरीत भन्दै सर्वोच्च अदालतमा रिट दायर

५ असोज, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा नियुक्ति संविधानविपरीत भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

गौतमको नियुक्ति गैर संवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको हो । रिटमा प्रतिनिधि सभामा हारेकालाई राष्ट्रियसभामा लैजाने प्रवृत्ति बढेको भन्दै नियुक्ति बदर गर्न र काम गर्न रोक्नू भन्ने आदेश माग गरिएको छ ।

यस्तै यो नियुक्तिले संविधानको उल्लंघन भई संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्न जाने भन्दै रिटको अन्तिम टुंगो नलागेसम्म गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतले काम गर्न नदिन र मन्त्रिपरिषदमा सामेल नगर्न अन्तरिम आदेशको पनि माग गरिएको छ ।

पूर्वअर्थमन्त्री युवराज खतिवडाको अवधि सकिएपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई नियुक्त गर्नुभएको छ । रिटको पर्सिका लागि पेशी तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *