Main News
बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
२०७७ असोज ४ गते ७:३२
४ असोज, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ का ५९ ववर्षीय पुरुषको मृत्यु भएको भेरी अस्पताल बाँकेले जनाएको छ ।
असोज ५ गते उपचारका लागि अस्पताल भर्ना भएका उनको गएराती मृत्यु भएको अस्पतालले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।
योसगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
प्रतिक्रिया