Main News

काठमाडौं उपत्यकामा ७११ सहित १२०४ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज ३ गते १६:३७
काठमाडौं उपत्यकामा ७११ सहित १२०४ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ जनाको मृत्यु

३ असोज, २०७७ काठमाडौं । नेपालमा पछिल्लो पटक १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ । यस्तै संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

पछिल्लो पटक मृत्यु भएकामा ७ जना महिला र चारजना पुरुष छन् । काठमाडौं उपत्यकामा पाँचजनाको मृत्यु भएको छ । ललितपुरका ६८ र ७६ वर्षीय महिला तथा ६० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौंका ७५ वर्षीय पुरुष र ७७ वर्षीया महिलाको ज्यान गएको छ । मोरङ्की ६५ वर्षीया, रौतहटकी ५१ वर्षीया, मकवानपुरकी ३७ वर्षीया र सर्लाहीकी ५६ वर्षीया महिला तथा रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा ७ सय ११ संक्रमित थपिएका छन् । काठमाडौंमा आज ५ सय ७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकाबाहिर बारा जिल्लमा सबैभन्दा धेरै १ सय ११ संक्रमित थपिएका छन् । पछिल्लो पटक १४ सय ४७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ ।

गत २४ घण्टामा १० हजार ३ सय ३३ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । १ सय ७९ जना संक्रमितको आइसीयु र ३५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ७३, प्रदेश नम्बर २ मा ८ सय ७८, बागमती प्रदेशमा ५ हजार २ सय २३ र गण्डकी प्रदेशमा ८ सय ३७ जना संक्रमित रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेनमा ९ हजार १ सय ५३ जना संक्रमित उपचाररत रहेका छन् ।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ८९, प्रदेश नम्बर २ मा १ हजार ७७, बागमती प्रदेशमा ४ हजार २ सय ९१ र गण्डकी प्रदेशमा १ सय ८७ जना संक्रमित रहेका छन् ।


यस्तै प्रदेश नम्बर ५ मा ६ सय ९७, कर्णाली प्रदेशमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ सय ८९ गरी देशभरी ७ हजार ९ सय ७६ संक्रमित होम आइसोलेसनमा रहेका छन । यस्तै आइसियुमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत रहेका छन् ।

आज १ हजार ४ सय ४७ संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ९ सय ६१, प्रदेश नम्बर २ मा १२ हजार ७४, बागमती प्रदेशमा १० हजार ५ सय ३६ र गण्डकी प्रदेशमा २ हजार ६ सय ३७ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ७ हजार २ सय ७, कर्णाली प्रदेशमा २ हजार ६ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ९५ गरी देशभरी ४५ हजार २ सय ६७ संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *