Main News

कोरोना संक्रमणबाट पाल्पा, रुपन्देही र चितवनमा थप तीन जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज ३ गते १२:५२
कोरोना संक्रमणबाट पाल्पा, रुपन्देही र चितवनमा थप तीन जनाको मृत्यु

३ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पाल्पा, रुपन्देही र चितवनमा थप तीन जनाको मृत्यु भएको छ ।

तानसेन नगरपालिका वडा नम्वर १४, कुसेनीकी ४१ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । तीन दिनअघि अस्पतालमा उपचारका लागि लगेको र शंकास्पद लक्षण देखिएपछि उनको पिसिआर परीक्षण गरिएको थियो । उनमा हिजो बेलुकी कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै चितवन मेडिकल कलेजमा रौतहटकी एक महिलाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका घर भएकी ६० वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

रुपन्देहीमा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १० का ६९ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । उनको भदौ २२ गतेदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *