Main News
कोरोना संक्रमणबाट चितवनमा उपचाररत थप एक जनाको मृत्यु
२०७७ असोज २ गते १२:३२

२ असोज, २०७७ चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।
कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
२६ गते कोरोना पुष्टि भएका उनको गएराति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।
सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो । योसँगै चितवनमा कोरोनाका कारण ३० जनाको मृत्यु भएको छ । जसमा चितवन जिल्लाका मात्रै १७ जना छन् ।
प्रतिक्रिया