Main News

कोरोना संक्रमणबाट विराटनगर र पाल्पामा एकएक जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज १ गते १५:०६
कोरोना संक्रमणबाट विराटनगर र पाल्पामा एकएक जनाको मृत्यु

१ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट आज विराटनगर र पाल्पामा एक(एक जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित कोशी अस्पताल आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका वडा नम्वर ६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

गएराति करिब ११ बजे भर्ना भएका उनको एक घण्टामै मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु पश्चात भएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा नम्वर ७, का ५२ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालको आइसोलेशनमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *