Main News

कोरोना संक्रमणबाट धरानमा उपचाररत थप एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ ३१ गते १३:०४
कोरोना संक्रमणबाट धरानमा उपचाररत थप एक जनाको मृत्यु

३१ भदौ, २०७७ धरान । कोरोना भाइरस संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा सप्तरीका एक जना संक्रमितको मृत्यु भएको हो ।

मृतक सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ २८ गते कोरोना पोजेटिभ भएका उनी भदौ ३० गते प्रतिष्ठानमा भर्ना भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताउनु भएको छ ।

एक वर्षयता मृगौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए । हप्तामा दुई पटक डाइलसिस गर्ने मृतकमा उच्च रक्तचापको पनि समस्या रहेको अस्पतालको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *