Main News
करेन्ट लागेर दाङमा तीन बालबालिकाको मृत्यु
२०७७ भदौ ३० गते २०:३४

३० भदौ, २०७७, दाङ । दाङमा करेन्ट लागेर तीनजना बालबालिकाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईमा पानी तान्नका लागि कुलोमा प्रयोग गरिएको मोटरबाट पानीमा करेन्ट सर्दा तीन जना बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईका ८ वर्षीय प्रशान्त चौधरी, ४ वर्षीय रेणुका चौधरी र ३ वर्षीय अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएको छ ।
तीनै जनाको बालबालिकाको शव पोष्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया