Main News

नेपालमा थप ११७० जना कोरोना संक्रमित थपिए, थप १५ जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २९ गते १६:३५
नेपालमा थप ११७० जना कोरोना संक्रमित थपिए, थप  १५ जनाको मृत्यु

२९ भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । मृतकको संख्या ३ सय ६० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक सबैभन्दा धेरै काठमाडौं उपत्यकामा मात्रै ८ जनाको मृत्यु भएको छ । काठमाडौंमा ६ तथा ललितपुर र भक्तपुरमा एक एकजनाको मृत्यु भएको मन्त्रालयको डाटामा उल्लेख छ ।

मोरङका दुइ, रामेछाप, गोरखा, नवलपरासी, पर्सा र कपिलवस्तुका एक(एक जनाको मृत्यु भएको जनाइएको छ ।

काठमाडौंकी ६१ वर्षीया महिला तथा ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुषको मृत्यु भएको छ । भक्तपपुरका ७३ र ललितपुरका ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । यस्तै मोरङमा ४० र ७० वर्षीय पुरुषको मृत्यु छ ।

रामेछापका २३ वर्षीय युवक, गोरखाकी ६३ वर्षीया, नवलपरासीकी ६२ वर्षीया, पर्साकी ५५ वर्षिया र कपिलवस्तुकी ४७ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक मृत्युदर बढेर सुन्य दशमलव ६५ प्रतिशत पुगेको छ ।

नेपालमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । पछिल्लो पटक काठमाडौं उपत्यकामा ५ सय १२ संक्रमित थपिएका छन् । ति मध्ये सबैभन्दा धेरै काठमाडौंमा ४ सय ४० जना छन् ।

यस्तै ललितपुरमा २९ र भक्तपुरमा ४३ जना नयाँ संक्रमित भेटिएका छन् । उपत्यकावाहिर रुपन्देहीमा ८१, कैलालीमा ७०, कास्कीमा ५४ संक्रमित थपिएका छन् ।

पछिल्लो पटक थप ८ सय ७९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ । गत २४ घण्टामा १० हजार ८ सय ७८ नमूनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *