Main News

विद्युत प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिन नेकपा प्रवक्ताको माग

हिमालय टिभी
२०७७ भदौ २९ गते १४:४५
विद्युत प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिन नेकपा प्रवक्ताको माग

२९ भदौ, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिन माग गर्नुभएको छ ।

मन्त्रिपरिषद बैठक बस्नु अघि ट्वीटरमार्फत नेकपा प्रवक्ता श्रेष्ठले प्राधिकरणमा घिसिङको आवश्यकता अझै रहेकाले पुननिर्यक्ति गर्नुपर्नेमा जोड दिनुभएको हो ।

घिसिङले ऊर्जा क्षेत्रमा पुर्‍याएको योगदानलाई नेपाली जनताले बिर्सन नसक्ने समेत प्रवक्ता श्रेष्ठको टिप्पणी छ ।

आज पाँच बजे बस्ने मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक र वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *