Main News

कोरोना संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २७ गते १२:५६
कोरोना संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु

२७ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ ।

संक्रमणबाट ललितपुरका अस्‍पतालमा उपचाररत ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमित छन्।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका हुन् । पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुष यही भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका थिए ।

यसैगरी पाटन अस्पतालमा उपचाररत भक्तपुरका ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको गएराति पौने दश बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ७२ वर्षीय मृतकको यही भदौ १७ गतेदेखि अस्पतालमा उपचार भइरहेको थियो ।

यस्तै ललितपुरकै मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको पनि आज बिहान सात बजेर ४० मिनेटमा मृत्यु भएको छ । उनी भदौ २६ गते मात्रै अस्पतालमा भर्ना भएका थिए ।

गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत स्याङ्जाका एकजना पुरुषको मृत्यु भएको हो ।

पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानको विज्ञप्तीमा उल्लेख छ। संक्रमण पुष्टि पश्चात उनी यही भदौ २४ गते अस्पताल भर्ना भएका उनि आइसीयुमा उपचाररत थिए।

त्यस्तै पोखराकै फिस्टेल अस्पताल पोखरामा उपचाररत पोखरा महानगरपालिक–५ की ४५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै गण्डकीमा अहिलेसम्म कोरानो संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको हो ।

भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १६ गते कोरोना अस्पतालमा भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा श्वासप्रश्वासमा समस्या आएर शुक्रबार राति साढे १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताउनुभयो ।

सुनसरीको धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृतक क्षेत्रीय कारागार झुम्काका कैदी सुनसरीको रामधुनी ५ झुम्काका ४३ वर्षका पुरुष हुन् । १० दिनयता ज्वरो आएका उनलाई इनरुवा अस्पतालबाट हिजो बिहान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । हिजै गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *