Main News

पर्सा र चितवनमा गरिएको परीक्षणमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ २७ गते ८:४६
पर्सा र चितवनमा गरिएको परीक्षणमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

२७ भदौ, २०७७ काठमाडौं । बारा र पर्सामा थप २३ जना र चितवनमा ८७ जनासहित ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा तीन सय १५ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमतिमध्ये पर्साका ९ र बाराको १४ जना रहेका छन् ।

अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार संक्रमित हुनेमा ५ जना महिला र १८ जना पुरुष रहेका छन् । नारायाणी अस्पतालको क्वाटर र वीरगञ्ज हेल्थ केयरमा कार्यरत दुईदुई जना संक्रमित थपिएका छन् ।

सखुवा प्रसौनी र पर्टेवा सुगौलीमा एक र एक जनामा कोरोना पोजिटिभ देखिएको छ ।

त्यस्तै बाराको कलैया नगरपालिका विभिन्न वडामा ६ जनामा, निजगढ नगरपालिका र इलाका प्रहरी कार्यलय निजगढमा गरी ८ जना जना संक्रमित थपिएको प्रवक्ता डा. चौरसियाले जानकारी दिनुभयो ।

त्यस्तै चितवनमा थप ८७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

भरतपुर अस्पतालमा गरिएको पछिल्लो परीक्षणमा थप ८७ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको कोभिड(नाइन्टिन प्रयोगशालामा ५ सय ३३ जनाको थ्रोट स्वाब नमूना परीक्षण गरिएकोमा ८७ जना संक्रमण देखिएको हो।

अस्पतालको सार्वजनिक विवरणअनुसार संक्रमित हुने ३ देखि ९० वर्षसम्मका छन्‌। भरतपुर महानगरपालिकामा मात्रै ७३ जना संक्रमित थपिएका छन्‌।

यस्तै, रत्ननगरका २ जना, खैरहनीका ४ जना र कालिका नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितहरू सबैलाई अस्पताल र क्वारेन्टाइनमा राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *