Main News

कोरोना नियन्त्रणका लागि भएका कामको संसदीय अनुगमन गर्न माग

हिमालय टिभी
२०७७ भदौ २६ गते १७:२१
कोरोना नियन्त्रणका लागि भएका कामको संसदीय अनुगमन गर्न माग

२६ भदौ, २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका सांसदले कोरोना नियन्त्रणका लागि भएका कामको संसदीय समिति बनाएर अनुगमन गर्न माग गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर उनीहरुले कोरोनाका कारण जनजीवन प्रभावित बनेको भन्दै संसदको ध्यानाकर्षण गराएका हुन् ।

संसदीय समिति भएपनि भूमिका प्रभावकारी नभएकाले सभामुखको नेतृत्वमा सरकारलाई सुझाव दिने र अनुगमन गर्ने गरी संसदीय समितिको माग गरिएको सांसद भीमसेनदास प्रधानले जानकारी दिनुभयो ।

सांसद राजेन्द्र श्रेष्ठले संकटको सामना गर्न सर्वपक्षीय संयन्त्र आवश्यक भएपनि सरकारले ध्यान नदिएकाले संसदीय समितिको माग गरिएको बताउनुभयो ।

भेटपछि सभामुख सापकोटाले सकारात्मक प्रतिक्रिया दिएको पनि सांसद प्रधानले जानकारी दिनुभयो । ऐन, नियममा टेकेर सबै दलको सहमतिमा संसदीय समिति बनाउने प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता सभामुख सापकोटाले व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *