पूर्वमन्त्री थापाले भने–सरकार आँकडा सार्वजनि गर्ने प्रवक्ता र निषेधाज्ञा लगाउने सीडीओमा सीमित
२४ भदौ, २०७७ काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले महामारीमा सरकारको उपस्थिति र अस्तित्वमाथि गम्भीर प्रश्न उठाउनुभएको छ ।
निषेधाज्ञा घोषणा गर्ने सीडीओ र कोरोनासम्बन्धी आँकडा सार्वजनिक गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताका रुपमा मात्र सरकारको उपस्थिति देखिएको थापाको विश्लेषण छ ।
कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको तथा रोग र भोगबाट आहत नागरिकलाई सीडीओ र प्रवक्ताका भरमा छाडेको थापाले गम्भीर आरोप लगाउनुभएको छ ।
कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको तथा रोग र भोगबाट आहत नागरिकलाई सीडीओ र प्रवक्ताका भरमा छाडेको थापाले गम्भीर आरोप लगाउनुभएको छ ।
थापाले अनेकन समस्याका बावजुद सीडीओको आदेश मानेर आम नागरिक घरभित्र बस्दा सरकार के गरिरहेको थियो भनेर प्रश्न समेत गर्नुभएको छ ।
नागरिकको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्ने भन्दै पूर्वमन्त्री थापाले प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गर्नुभएको छ ।
नागरिकले सरकारको कुरा सुन्न छाडे देश ठूलो संकटमा फस्ने भन्दै थापाले देशलाई जानीजानी त्यस्तो संकटतर्फ नधकेल्न पनि आग्रह गर्नुभएको छ । पूर्वमन्त्री थापाले महामारीका बेला प्रमुख जिल्ला अधिकारीहरुलाई दिइएको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाउनुभएको छ ।
जनस्वास्थ्यसँग जोडिएको विषयलाई शान्ति सुरक्षा कायम गर्ने सीडीओ समक्ष पु¥याएर निषेधाज्ञा लगाइएकोमा थापाको आपत्ति छ ।
अहिले निषेधाज्ञा आवश्यक भएपनि जनस्वास्थ्यको विषयमा पनि प्रशासन र सीडीओलाई गुहार्नुपर्ने अवस्था बनाइएको थापाको गुनासो छ ।
प्रतिक्रिया